जनता टाइम्स

७ भाद्र २०७७, आईतवार १४:४१

गण्डकी प्रदेशमा थपिए ११ संक्रमित


पोखरा, भदौ ७

पोखरामा ४ जनासहित आज गण्डकीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखराको कास्‍की सेवा अस्पतालमा २ जना, पोखरा महानगरपालिका–१६ मा २ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पोखरा–१६ मा ३१ वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

आजै नवलपुरको विनय त्रिवेणी नगरपालिका–१ मा मात्र ३ जना महिला र ३ जना पुरुष गरी ६ जनालाई संक्रमण देखिएको थियो । गोरखा नगरपालिका–१ मा २८ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ८ सय ७० जना पुगेको छ ।