काठमाडौं, भदौ ७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकाको समुदायमा कोरोना संक्रमण फैलिए नियन्त्रण गर्न नसकिने चेतावनी दिनुभएको छ । प्रवक्ता प्रा.डा. गौतमले उपत्यकामा संक्रमण बढ्दै जादा चिन्ता थपिएको भन्दै समुदायमा संक्रमण फैलन नदिन सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
उहाँले जनस्वास्थ्यको मापदण्ड नमान्दा संक्रमण फैलिएकाले स्वास्थ्य सुरक्षा कडाइका साथ पालना गर्न सबैलाई पुनः अनुरोध गर्नुभयो । आइतबार मात्रै देशभर ८१८ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौं उपत्यकामा आज मात्रै १६६ जनामा संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्