रामेछाप, ८ असार । नेपाल खेलकुद महासंघ रामेछापले जिल्लाका विभिन्न विद्यालय, स्वास्थ्य संस्था र टोल विकास समितिहरूलाई खेल सामग्री वितरण गरेको छ ।
खेलकुद प्रवर्द्धन र युवालाई खेलतर्फ आकर्षित गराउने उद्देश्यले ती सामग्री वितरण गरिएको महासंघका जिल्ला अध्यक्ष तेज घिसिङले जानकारी दिनुभयो ।
महासंघले मन्थली बहुमुखी क्याम्पसलाई भलिबल १ थान, फुटबल २ थान र पम्प १ थान वितरण गरेको छ।
त्यसै गरी, मन्थली नगरपालिका–५ सुनारपानीलाई भलिबल १ थान, ब्याडमिन्टन १ थान र कक १ सेट प्रदान गरिएको छ । मन्थली–१ हाटेचौरलाई फुटबल १ थान प्रदान गरिएको छ।
यसै गरी, मन्थली अस्पताललाई भलिबल र नेट १/१ थान, मन्थली–३ कठजोरलाई भलिबल १ थान, सानीमदौलाई क्रिकेट ब्याट १ थान र बल २ थान प्रदान गरिएको छ । यसै गरी रामेछापको साँघुटारलाई भलिबल र नेट १/१ थान वितरण गरिएको छ ।
महासंघका अनुसार जिल्लाका युवा, विद्यार्थी र स्थानीय संस्थालाई सक्रिय बनाउँदै खेलकुदको माध्यमबाट शारीरिक, मानसिक तथा सामाजिक विकासमा योगदान पुर्याउने लक्ष्यले ती सामाग्री वितरण गरिएको हो । महासंघले आगामी दिनमा अन्य वडाहरूमा पनि खेल सामग्री विस्तार गर्ने योजना रहेको जनाएको छ।
सामाग्री वितरण कार्यक्रममा नेकपा एमालेका प्रदेश तथा जिल्ला र पालिकाका नेताहरूका साथै, महासंघका नेताहरू, खेलाडी लगायतको सहभागिता थियो ।
प्रतिक्रिया दिनुहोस्