गण्डकी, ८ असार । गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुस्लिम आयोगले वार्षिक प्रतिवेदन पेस गरेको छ । संविधानको धारा २९४ को उपधारा (३) को व्यवस्था बमोजिम आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आज प्रदेश प्रमुखको कार्यालयमा आर्थिक बर्ष २०८०।८१ को प्रतिवेदन पेस गर्नुभएको हो । प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हक अधिकार संरक्षण र सम्वर्द्धधन तथा सशक्तीकरणका लागि आयोग स्थापना भएको उल्लेख गर्दै नेपालका विभिन्न जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सद्धभाव कायम राख्न मुस्लिम आयोजको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।
प्रतिवेदनमा उल्लेख गरिएका बिषयहरु मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्पmत प्रदेशसभामा छलफलका लागि पेस गरिने प्रदेश प्रमुख भट्टले जानकारी दिनुभयो । कार्यवाहक अध्यक्ष अलीले आयोगका गतिविधि, उपलब्धि र आगामी योजनाबारे प्रदेश प्रमुख भट्ट समक्ष जानकारी गराउँदै मुस्लिम समुदायको अवस्था सुधारका लागि आयोग प्रयासरत रहेको बताउनुभयो । नेपालको संविधानको धारा २६४ अनुसार मुस्लिम आयोग गठन भएको हो ।
प्रतिक्रिया दिनुहोस्