जनता टाइम्स

१४ भाद्र २०७७, आईतवार १५:२६

चितवनमा कोरोना संक्रमित पुरुषको उपचारका क्रममा मृत्यु


चितवन, भदौ १४

चितवनको चितवन मेडिकल कलेज, भरतपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं–१० निवासी ५२ वर्षका पुरुषको उपचारको क्रममा आज दिउँसो मृत्यु भएको हो । निमोनियाका बिरामी पुरुष यसअघि ४ गते भर्ना हुनुभएको थियो ।

७ गते कोरोना संक्रमण पुष्टि भएपनि विस्तारै संक्रमण बढ्दै गएपछि अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र आज मृत्यु भएको कलेजका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिनुभयो ।