काठमाडौं, भदौ १८
पछिल्लो २४ घण्टामा देशभर थप १२२८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १३ हजार ७१३ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो । संक्रमित मध्ये ३९४ महिला र पुरुष ८३४ जना हुनुहुन्छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा १२२८ जनामा संक्रमण देखिएको बताउनुभयो । यो सँगै कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ । आज संक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ९१७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २४ हजार २०७ पुगेको छ । यो ५६ प्रतिशत हो । संस्थागत आइसोलेसनमा १० हजार ६७१ जना रहनुभएको छ । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ७ हजार ७४२ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ६ हजार ७४९ रहेको छ ।
प्रतिक्रिया दिनुहोस्