काठमाडौं, असोज ११
प्रतिनिधिसभाका सांसद एवं लिटिल एन्जल्स स्कुलका सञ्चालक उमेश श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरेको पीसीआर परीक्षणमा उहाँको रिपोर्ट पोजेटिभ आएको हो । आज विहान सामाजिक सञ्जाल फेसबुकबाट आफू कोरोना संक्रमणमा परेको जानकारी दिनुभएको छ ।
उहाँले पछिल्लो समय आफूसँग सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सजगता अपनाउन समेत अनुरोध गर्नुभएको छ । हाल उहाँको स्वास्थ्य अवस्था भने सामान्य रहेको र होम आइसोलेसनमै बस्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्