जनता टाइम्स

२२ आश्विन २०७७, बिहीबार २३:४०

सहमति नजिक पुग्यो सरकार र डा केसीको बार्ता टोली


काठमाडौं । सरकार र अनसनसत डा. गोविन्द केसीको वार्ता टोली सहमति नजिक पुगेको छ । शिक्षा सचिव गोपी मैनाली र डा. जीवन क्षेत्री नेतृत्वको दुई टोलीबीच बिहीबार भएको बार्ता सहमति नजिक पुगेको हो ।

सरकारको तर्फबाट मैनाली र डा. केसीको तर्फबाट डा. क्षेत्रीको टोलीबीच बिहीवार दिनभर बार्ता भएको थियो । वार्ताका क्रममा २५ दिनदेखि अनसनरत डा. केसीले अघि सार्नुभएको ६ बुँदे मागमा सहमति खोज्ने प्रयास भएको र बार्ता सहमति निकट पुगेको दुवै पक्षका बार्ता टोली सदस्यहरुले बताएका छन । सहमतिको बिषयमा भने दुवै पक्षले केही खुलाउन चाहेको छैन । ‘सहमति उन्मुख छ, निकास आउने बिन्दुमा पुगेका छौं,’ दुवै पक्षको भनाई छ ।

दुबै टोलीले आफू सम्बद्ध पक्षसँग थप परामर्श गरेपछि शुक्रवार नै अन्तिम सहमति खोजिने बताएको छ । डा. केसीले ६ बुँदे माग राखेर भदौ २९ गतेबाट जुम्लाको चन्दननाथ ६ रानिचौरमा रहेको बाबिरा मन्दिरमा १९ औं सत्याग्रह सुरु गर्नुभएको थियो । उहालाई सरकारले स्वास्थ्य अवस्थाको ख्याल गरी ८ औं दिनमा काठमाडौं ल्याएको थियो । काठमाडौं आएपछि बीर अस्पताल लगिए पनि त्रिवि शिक्षण अस्पताल पुगेर डा. केसीले सत्याग्रहलाई निरन्तरता दिनुएभको थियो ।