काठमाडौं, कात्तिक ४
नेकपा कर्णाली प्रदेशमा देखिएको विवाद समाधानका विषयमा दुई अध्यक्षबीच भएको भनिएको सहमतिलाई लिएर प्रेस सल्लाहकारबीच सामाजिक सञ्जालमा काउन्टर परेको छ । सहमति भएको भनेर प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले चार बुँदे विज्ञप्ती निकालेको केही समयमै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा जुगलले त्यस्तो सहमति नबनेको बताउनु भएको छ ।
उहाले अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको बताउनु भयो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह समेत सल्लाहकार सापकोटाले गर्नुभएको छ ।
उहाले जारी गरेको प्रेस नोट यस्तो छ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा कर्णाली प्रदेशको बिषयमा छलफल भएको हो ।
उक्त छलफलमा अविश्वासको प्रस्ताव फिर्ता लिने वा खारेज गर्ने र प्रमुख सचेतक सम्बन्धी बिषय पनि प्रदेश पार्टी कमिटी र प्रदेश सरकारले नै समाधान गर्न सुझाव दिने समझदारी भएको हो । यसबारे कुनै भ्रममा नपर्न सबैसँग आग्रह गरिन्छ ।
यस्तो छ सुर्य थापाले जारी गर्नुभएको सहमति
टुंगियो नेकपा कर्णाली प्रदेशको आन्तरिक विवाद : अध्यक्षद्वय बीच बन्यो यस्तो सहमति (सहमतिपत्र सहित)
प्रतिक्रिया दिनुहोस्