जनता टाइम्स

७ कार्तिक २०७७, शुक्रबार १५:१७

स्वास्थ्यअवस्था गंभीर बनेपछि मुख्यमन्त्री पौडेललाई काठमाडौं ल्याइयो


काठमाडौं, कात्तिक ७ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

कोरोना संक्रमणपछि अवस्था स्वास्थ्यगम्भीर बन्दै गएपछि मुख्यमन्त्री पौडेललाई हेटौँडाबाट हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो । मुख्यमन्त्री पौडेललाई लक्षणसहितको कोरोना संक्रमण भएको थियो ।

उहाँकी श्रीमती विजया पौडेललाई पनि कोरोना संक्रमण भएको छ । मुख्यमन्त्री पौडेलको स्वास्थ्यमा थप जटिलता आउन नदिनका लागि काठमाडौं ल्याइएको नीजि सचिवालयले जनाएको छ ।