काठमाडौं, कात्तिक १०
कोरोना संक्रमणका कारण यसपटकको दशैं विगतको जस्तो रमाइलो रहेन । अधिकाशं मानिस आफु बसेकै स्थानमा दशैं मनाएका छन् । बडादशैं मानिसहरुले मनाईरहँदा नेपाल विद्युत प्राधिकरणले आफ्नो कामलाई निरन्तरता राखिरहेको छ ।
प्राधिकरणले अहिले राजधानीका तारहरु भूमिगत गर्ने कार्यलाई तिव्रता दिईरहेको छ । लाजिम्पाट, महाराजगञ्ज लगायतका क्षेत्रमा भूमिगत गराउने कार्य गरिरहेको प्राधिकरणले सोमबार टीकाको दिन कोटेश्वरमा काम गरेको छ । कोटेश्वरमा सोमबार नेपाल विद्युत प्राधिकरणको केबल भूमिगत गर्ने कार्य कामदारले गरिरहेका थिए ।
प्रतिक्रिया दिनुहोस्