काठमाडौं, कात्तिक १६
नेपाल कम्युनिष्ट पार्टीका नेता एंवम् पूर्वमन्त्री गोकुल बाँस्कोटाले लेनदेनको स्वार्थमा नेकपाको एकता अडेको बताउनु भएको छ । उहाले फेरी अर्को सम्झौता भएपछि यो विवाद समाधान हुने भन्दै वेकारको हल्ला नगर्न सुझाव दिनु भएको छ ।
पार्टीका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल पक्षबीच बढिरहेको विवादतर्फ केन्द्रीत गर्दै उहाले यो संकट नभई लेनदेनको स्वार्थमा विवाद झिकिएको बताउनु भयो । ‘सिद्धान्त र संगठनात्मक प्रणाली सहितको सङकट उत्पन्न भएको भए पो सङ्कट मान्नु, लेनदेनको ब्यापारीक स्वार्थमा अडेको एकता अर्को सम्झौता पछि समाधान भैहाल्छ नि। वेकारको हल्ला’, उहाले आइतवार सामाजिक सञ्जालमा लेख्नु भएको छ । विगत पनि पार्टीमा यस्ता समस्या आएपछि केही सम्झौता हुँदै समाधान भएका थिए ।
प्रतिक्रिया दिनुहोस्