काठमाडौं, कात्तिक १७
कोरोना संक्रमणबाट विराट मेडिकल कलेजमा कार्यरत एक नर्सको मृत्यु भएको छ । झापा, दमक नगरपालिका वडा नं ८ घर भई हाल विराट मेडिकल कलेज विराटनगरमा कार्यरत ६५ वर्षकी स्टाफ नर्स लमु तामाङको मृत्यु भएको दमक नगरपालिकाले जानकारी दिएको छ ।
तामाङले यसअघि दमकको आम्दा अस्पतालमा लामो समय काम गर्नुभएको थियो । उहाँको आइतवार बेलुका नै उपचारका क्रममा मृत्यु भएको दमक नगरपालिकाको स्वास्थ्य शाखाका कुवेर भट्टराईले बताउनुभयो । यससँगै कोरोनाबाट नेपालमा मृत्यु हुने नर्सको संख्या ५ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्