वासिङ्टन डिसी, कात्तिक १९ । अमेरिकामा राष्ट्रपति पदको ऐतिहासिक निर्वाचन सम्पन्न भएको छ र अधिकांश स्थानमा मतगणना पनि भइरहेको छ । निर्वाचनमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो वाइडेनबीच कडा प्रतिस्पर्धा भइरहेको छ । अमेरिकाका ५० वटै राज्य र डिष्ट्रिक अफ कोलम्वियामा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको समाचार सञ्चार माध्यमले जनाएका छन ।
विश्वभरका मानिसहरुको प्रतीक्षाका साथ हेरिएको चार वर्षे कार्यकालका लागि सम्पन्न यो निर्वाचनमा सन १९०८ पछि अधिक प्रतिशतमत खसेको यो पहिलो पटक हो । कतिपय स्थानमा मतदान भइरहेको र कतिपय स्थानमामत गणना जारी रहेको हुँदा कति मत खस्यो भनेर भन्न सक्ने स्थिति बनेको छैन तथापि ६६ प्रतिशतको हाराहारीमामत खसेको सर्वेक्षणले जनाएको छ । कोभिडका कारण यसपटक करिब १० करोड मानिसले हुलाक मार्फत अग्रिम मतदान गरेका थिए ।
अमेरिकी समय अनुसार, मंगलवार रातीसाढे ११ बजेसम्मको मतगणनामा दुवै उम्मेदवारले स्पष्ट अग्रता हासिल गर्न सक्नुभएको छैन । अहिले २२३ इलेक्टोरल मतका साथ जो वाइडेनले अग्रता लिइरहनुभएको छ भने ट्रम्पले २०४ इलेक्टोरल मतले पछ्याइरहनुभएको छ । राष्ट्रपति निर्वाचित हुनकालागि कुल ५३८ इलेक्टोरल मतमध्ये आधाभन्दा बढी अर्थात् २७० इलेक्टोरल मत आवश्यक पर्छ ।
केही युद्धभूमिका रुपमाचर्चा रहेका नर्थ क्यारोलिना, मिसिगन, जर्जिया, पेन्सिलभेनिया, एरिजोना, ओहायोमा राष्ट्रपति ट्रम्पले अग्रता लिइरहनु भएकोले परिणाम अझै के कसो होलाभन्न सक्ने स्थिति छैन । ट्रम्पले चुनाब जित्नुभयो भने यो दोस्रो कार्यकाल हुनेछ भने वाइडेनले जितेको खण्डमा उहाँ अमेरिकाकै इतिहासमा सर्वाधिक ज्येष्ठ राष्ट्रपति हुनुहुनेछ ।
प्रतिक्रिया दिनुहोस्