धरान, कात्तिक १९
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कोरोना संक्रमणबाट ९ वर्षकी बालिकाको मृत्यु भएको छ । पहिलेदेखि नै प्रतिरक्षा स्थिति कमजोर रहेकी बालिकाको कोरोना पुष्टि भएको २ दिनपछि धरानमा मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता आशिष श्रेष्ठले जानकारी दिनुभयो ।
श्रेष्ठका अनुसार इटहरी सुनसरीकी बालिका हिजो उपचारका लागि भर्ना भएको थिइन्, तर उनको उपचारकै क्रममा आज विहान मृत्यु भएको छ ।
यस्तै सोही अस्पतालमा धरान सुनसरीको ६१ वर्षकी महिलाको पनि मृत्यु भएको छ । दीर्घ रोगी समेत रहनुभएको उहाँको पनि आज विहान मृत्यु भएको हो । उहाँ यही ५ कात्तिकमा अस्पताल भर्ना हुनुभएको थियो भने गत असोज ३० गते कोरोना पुष्टि भएको थियो ।
प्रतिक्रिया दिनुहोस्