न्युयोर्क, कात्तिक १९
अमेरिकी राष्ट्रपति निर्वाचनमा डेमोक््रयाट पार्टीका उम्मेदवार जो बाइडनको जित कठिन देखिन थालेको छ । रिपलब्लिकन पार्टीका उम्मेदवार समेत रहेका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले ठुला राज्यमा शुरुवाती अग्रता बनाएका छन् । जसले गर्दा बाइडनको जित हुनेमा आशंका उत्पन्न हुन थालेको अन्तराष्ट्रिय संचारमाध्यमले जानकारी दिएका छन् ।
यो समाचार तयार पर्दासम्म बाइडेनले २२४ र ट्रम्पले २१३ इलेक्टोरल कलेजको मत प्राप्त गरेका छन् । निर्वाचित हुनका लागि ५३८ मत मध्ये २७० ल्याउनुपर्नेछ । त्यसका लागि बाइडनले पेन्सेभेलियामा जित निकाल्नुपर्ने बताइएको छ । हालसम्म त्यहा ६४ प्रतिशत मतगणना हुदा ट्रम्पले सात लाख भन्दा बढि मतको अग्रता बनाएका छन् । २९ इलेक्टोरल मत रहेको फ्लोरिडामा पनि ट्रम्प जितको नजिक पुगेका छन् । ९६ प्रतिशत मतगणना हुँदा ट्रम्पले झण्डै चार लाख मतको अग्रता लिएका छन् । जर्जियामा कडा टक्कर भएको छ । एरिजोनामा भने बाइडन विजयीतर्फ अग्रसर भएका छन् । त्यहा ११ इलेक्टोरल मत रहेको छ ।
धेरै राज्यमा मतदान सकिएको छ र तिनमा गणना जारी छ । तर, पश्चिम अमेरिकामा मतदान भईरहेको छ । झण्डै १० करोड मतदाताले हुलाकमार्फत अग्रिम मतदान गरेका छन् । यही मतलाई लिएर दुई पक्षबीच आरोप प्रत्यारोप हुने र मतगणना प्रभावित बन्न सक्ने अनुमान पनि गरिएको छ । अन्तिममा यही मत निर्णायक हुने ठानिएको र डेमोक््रयाटहरुले शुरुमै मतदान गरेको बताइएको छ ।
मतगणना जारी रहेका बेला दुबै उम्मेदवारले सार्वजनिक प्रतिक्रिया दिएका छन् । बाइडेनले समर्थकहरूलाई सम्बोधन गरेका छन् भने ट्रम्पले ट्विटबाट धारणा सार्वजनिक गरेका छन् । ट्रम्पले केही समयपछि सम्बोधन गर्ने जानकारी दिएका छन् ।
समर्थकलाई सम्बोधन गर्दै बाइडेनले आफूहरू जिततर्फ अग्रसर भएको उल्लेख गर्दै धैर्यता राख्न अनुरोध गरेका छन् । उनले आफूहरूले पेन्सिलभेनियामा पनि अन्तिममा जित्ने दाबी गरे । उता ट्रम्पले पनि आफूले विशाल जित हासिल गर्न लागेको बताएका छन् । तर डेमोक्र्याटहरूले धाँधली गर्न लागेको उनको आरोप छ । ‘उनीहरूले गलत तरिकाले चुनावलाई प्रभाव पार्न खोजेका छन्, त्यस्तो हुन दिइने छैन । मतदान स्थल बन्द भएपछि भोट हाल्न पाइँदैन,’ उनले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस्