काठमाडौं, कात्तिक २१
प्रधानमन्त्री केपी शर्मा ओलीसँग भारतीय सेनाका सेनाध्यक्ष मनोज मुकुन्द नरवणेले भेटवार्ता गर्नुभएको छ । रक्षामन्त्रीकोसमेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री ओली र भारतीय सेनाध्यक्ष नरवणेबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भेटवार्ता भएको हो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री र भारतीय सेनाध्यक्षबीच शिष्टाचार भेटवार्ता भएको जानकारी दिनुभयो । नेपाली सेनाको मानार्थ महारथी पद ग्रहणका लागि नरवणे बुधबार नेपाल आउनुभएको हो । उहाँले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी पदवी लिनुभएको थियो । नरवणे आजै नयाँ दिल्ली फर्किने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्