जनता टाइम्स

२४ कार्तिक २०७७, सोमबार १४:२४

माधवले खोजे ओली-प्रचण्ड बरावरको भागबण्डा


काठमाडौ., कात्तिक २४ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्षद्वय केपी शर्मा ओलीर पुष्पकमल दाहाल, प्रचण्ड बरावरको हैसियत माग गर्नुभएको छ ।

बरिष्ठ नेता नेपालले दुई अध्यक्ष र आफूबीचको सहमतिपछि मात्रै नेकपाको बिवाद समाधान हुने भन्दै शक्ति सन्तुलनमा बरावरको हसियत खोज्नुभएको तथ्य नेपाल निकट केन्द्रीय सदस्य बिष्णु रिजालले बाहिर ल्याउनु भएको हो ।

‘नेताहरूबीच दाउपेच, प्रचारबाजी र ध्यान मोड्न गरिएका वार्ताहरूले कुनै निकास ननिकाल्ने पक्का छ । कसैलाई एक्ल्याउने, फकाउने वा गलाउने उद्देश्य भएसम्म पार्टी दुश्चक्रमा घुमिरहन्छ । सीधा कुरा-तीन पक्षबीच खुल्ला र पारदर्शी हिसाबमा सहमति नभएसम्म नेकपामा कुनै निकास निस्किन्न, पार्टी अघि बढ्दैन, माधव नेपाल पक्षको बटमलाइन सुनाउँदै रिजालले भन्नुभएको छ । बरिष्ठ नेता नेपालले सुरुदेखि नै आफू दुइ अध्यक्षको सहमति नमान्ने भन्दै समान हैसियत र भागबण्डा चाहिने अडान राख्दै आउनु भएको छ ।