चितवन, कात्तिक २७
चितवनमा पाँच लाख रुपैयाँ नगदसहित कौडा खेल्ने २४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बुधबारराति सवा ९ बजे भरतपुर नगरपालिका ५ स्थित कैलाश नगरमा रहेको सुनीलकुमार क्षेत्रीको कुखुराको फार्मबाट १६ थान कौडा, नगद पाँच लाख १७ हजार १७५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरिएको हो ।
उक्त स्थानमा कौडा खेलिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालयबाट ९ जनाको कमान्डमा गएको टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख नान्तीराज गुरुङले जानकारी दिनुभयो । पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारबाही गरिने पनि गुरुङले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्