काठमाडौं, मंसिर १०
पछिल्लो २४ घण्टामा देशभर १९४८ लाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका
प्रवक्ता प्रा.डा जागेश्वर गौतमका अनुसार ९ हजार २१० जनाको पीसीआर परीक्षण गर्दा १९४८ जनालाई कोरोना पोजेटिभ देखिएको हो । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको छ । त्यस्तै काठमाडौं उपत्यकामा ८३५ जनालाई कोरोना संक्रमण देखिएको छ ।
त्यस्तै गत २४ घण्टामा देशभर ३ हजार १ सय ४० जनाले कोरोना संक्रमणलाई जितेर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गरी फर्किनेहरु २ लाख ७ हजार ९९८ जना भएका छन् । यस्तै २८ संक्रमितको मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ३ सय ८९ पुगेको छ । आज देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३९ जना रहेको छ ।
प्रतिक्रिया दिनुहोस्