जनता टाइम्स

११ मंसिर २०७७, बिहीबार १०:०४

प्रेमिकासंग बस्न पूर्व सांसदको छोरा आफ्नै ७ महिनाकी श्रीमतीलाई कार दुर्घटना गराएर ज्यान लिए


एजेन्सी / विवाहेत्तर सम्बन्धका कारण पूर्व विधायकका छोराले नक्क्ली दुर्घटना गराएका छन् । जसका कारण उनको ७ महिनाकी गर्भवती श्रीमतिको निधन भएको छ । यो घटना भारत अरुणाचल प्रदेशको हो । सो प्रदेशका पूर्व विधायकको बुहारी तेची मीना लिशीको अस्वभाविक निधनको घटनाको अनुसन्धान गर्दै जाँदा यस्तो खुलासा भएको हो ।

प्रहरीले घटनामा संलग्न भएको अभियोगमा एक महिला सहित दुईजनालाई पक्राउ गरेको छ। यस अघि सात महिनाको गर्भवती महिला मीना लिशीको अस्वभाविक निधन भएको घटनामा उनका श्रीमान् सहित ७ जनालाई प्रहरीले पक्राउ गरिसकेको थियो ।

नक्कली दुर्घटना गराएर श्रीमतिलाई मा र्ने मुख्य योजना उनका श्रीमान् को नै थियो । त्यसका लागि उनले १० लाख रुपैया खर्च गरेका थिए । ७ महिनाकी गर्भवती लिशीको कार दुर्घटनामा निधन भएको थियो ।

घटनाको मुख्य योजनाकार तथा उनका पनि रोनी लिशीसँगै चार आरोपीलाई पक्राउ गरिसकेको छ। घटनाको रहस्य खुलेपछि कडा कारवाहीको माग गर्दै आन्दोलन सुरु भएको छ ।

प्रहरी अनुसन्धानवाट खुले अनुसार चुमी ताया भन्ने महिलासंगको प्रेमका कारण उनले श्रीमाति माथि यति ठूलो योजना बनाएका थिए । उनले घटना गराउन अग्रिम भुक्तानी गरेको देखिएको छ ।