नवलपरासी, मंसिर १२
नवलपरासी (पूर्व), सुर्खेत र कञ्चनपुरमा तीनजना मृत फेला परेका छन् । नवलपरासी (पूर्व) को देवचुली नगरपालिका–१७, कुजौलीस्थित नारायणी नदीमा गैंडाकोट नगरपालिका–४ का ८१ वर्षीय धर्मदत्त पौडेल मृत अवस्थामा फेला परेका छन् ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–५, स्थित राम(जानकी सामुदायिक वनको गोरेटो बाटोमा दैलेख दुल्लु नगरपालिका–११, का ३२ वर्षीय गणेश भण्डारी मृत अवस्थामा फेला परेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका ४, भानु पार्टी प्यालेसनजिक हाल नाम, थर, वतन नखुलेका करिब ३० वर्षीय पुरुष मृत अवस्थामा फेला परेका छन् ।
प्रतिक्रिया दिनुहोस्