काठमाडौँ, २४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाको टेक्ससमा रहेका नेपाललाई सतर्क रहन आग्रह गर्नुभएको छ । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री ओलीले टेक्ससमा बाढी आएकाले बसोबास गर्ने नेपालीलाई सतर्क रहन आग्रह गर्नुभएको हो । प्रधानमन्त्री ओलीले टेक्ससमा आएको बाढीका कारण १०० जनाभन्दा बढीको ज्यान गएको र ती ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि अर्पण गर्नूभयो । “अमेरिकास्थित टेक्ससमा धेरै नेपालीको बसोबास छ। त्यहाँ अहिले बाढीका कारण १०० जना भन्दा बढीको ज्यान गएको खबर आएको छ। टेक्ससको बाढीबाट ज्यान गुमाउने सबैलाई श्रद्धाञ्जलि अर्पण गर्दछु। त्यहाँ बसोबास गर्ने नेपालीहरूलाई सतर्क रहन आग्रह गर्दछु”, प्रधानमन्त्री ओलीले लेख्नुभएको छ ।
टेक्सस बाढी: नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

प्रतिक्रिया दिनुहोस्