जनता टाइम्स

२४ असार २०८२, मंगलवार २०:३४

बोल्न पाउने अधिकारको दुरुपयोग नगर्न एमाले नेता बर्तौलाको चेतावनी


काठमाडौँ, २४ असार ।  नेकपा एमालेका मुख्य सचेतक महेशकुमार बर्तौलाले प्रधानमन्त्रीको स्पेन भ्रमणलाई लिएर संसदमा भ्रमपूर्ण कुरा गरिएको भन्दै संसदको रेकर्डबाट हटाउन सभामुखसँग आग्रह गर्नुभएको छ । प्रतिनिधि सभाको मंगलवारको बैठकमा प्रमुख सचेतक बर्तौलाले स्पेन भ्रमणमा प्रधानमन्त्रीसँग गएका मानिसहरू उतै बसेको भन्दै सांसदहरूले अभिव्यक्ति दिएको भन्दै आपत्ति जनाउनुभएको थियो ।

संसदको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्पेन भ्रमणमा गएका केही मानिसहरू नफर्किएको समाचारहरूमा आइरहेको भन्दै सदनमा ध्यानाकर्षण गराउनुभएको थियो । सोही कुरालाई लिएर मुख्य सचेतक बर्तौलाले भ्रामक, तथ्यहिन र आपत्तिजनक विषयहरू संसदमा राख्न नहुने र प्रमाणित गरेर देखाउन चुनौती दिनुभयो। उहाँले उक्त कुरा संसदको रेकर्डबाट हटाउन समेत माग गर्नूभयो । प्रमुख सचेतक बर्तौलाले बोल्न पाउने अधिकारको दुरुपयोग नगर्न पनि चेतावनी दिनुभयो ।