काठमाडौं, मंसिर १७। आज देशका धेरैजसो ठाउँको मौसम सफा रहने मौसमविद्ले बताएका छन् । मौसम बद्ली गराउने ठूलो प्रणाली नभएकाले देशका धेरै ठाउँमा आज पनि घाम लाग्ने मौमसविद् मन्जु बासीले बताउनुभयो । उहाँका अनुसार अहिले बिहान केही ठाउँमा हुस्सु र कुहिरो लागे पनि बिस्तारै हटेर घाम लाग्ने छ । आज प्रदेश १ र वाग्मती प्रदेशका पहाडी क्षेत्रका केही ठाउँको मौसम भने आंशिक बद्ली हुने अनुमान गरिएको छ । आज काठमाडौंको न्यूनतम तापक्रम ६ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको छ भने अधिकतम तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
मौसम : देशका धेरैजसो ठाउँमा सफा, वाग्मती र प्रदेश १ का पहाडी क्षेत्रमा भने आंशिक बद्ली













प्रतिक्रिया दिनुहोस्