जनता टाइम्स

२३ मंसिर २०७७, मंगलवार ११:३५

पृथ्वी सुब्बा गुरुङले खोलिदिए माधव नेपालको पोल


काठमाडौं, मंसिर २३ । गण्डकी प्रदेशका मुख्ममन्त्री पृथ्वी सुब्बा गुरूङले नेकपाको बिवादको जड बरिष्ठ नेता माधवकुमार नपाल नै रहका ठोकुवा गर्नुभएको छ । महाधिवेशनबिनै नेतृत्व हत्याउने बरिष्ठ नेता नेपालको योजना नै नेकपाभित्र देखिएका समस्याको मुल जड रहेको मुख्ममन्त्री गुरूङको ठहर छ ।

नेता नपालले बिधि र पद्धतीको नारा दिएर आम जनता र कार्यकर्तालाई भ्रममा राखेको र पदीय आशक्ति नै प्रमुख जड रहेको उहाँले बताउनु भयो । ‘माधव नेपालसँग सिद्धान्तको कुरा छैन । दर्शनको कुरा छैन । राजनीतिको कुरा छैन । मुलुक कसरी चलाउने भन्ने कुरा छैन । पार्टी–सङ्गठन कसरी चलाउने भन्ने छैन । केपी ओलीको ठाउँमा माधव नेपालले जितेको भए पार्टी एकता नै हुने थिएन । एकीकरणका लागि आँटेर जानसक्ने उहाँको क्षमता नै छैन । त्यसकारण माधव नेपालले विधि, विधानको कुरा गरेर जनतालाई भ्रमित तुल्याइरहनुभएको छ । त्यो झुटो कुरा हो,’ नेकपा गण्डकी प्रदेशका इञ्चार्जसमेत रहनुभएका मुख्यमन्त्री गुरूङले भन्नुभयो ।

गुरूङका अनुसार नता नेपालले भन्ने एउटा, गर्ने अर्कै कामको कारण पार्टीभित्रको बिवाद जटिल मोडमा पुगेको छ । ‘माधव नेपालको प्रवृत्ति नै अचम्मलाग्दो छ । उहाँ सिद्धान्तमा एउटा कुरा गर्नुहुन्छ, व्यवहार त्यसभन्दा ठीक विपरीत हुन्छ । केपी ओली र माधव नेपाल एउटा पहिलो नेता हुने, अर्को दोस्रो नेता हुने भनेर सहमति गरेर आएको हो र ? महाधिवेशनमा ओली र नेपालबीच प्रतिस्पर्धा भएको हो । प्रतिस्पर्धा गरेर नेतृत्व चयन गर्ने, हुने सिद्धान्तमाचाहिँ सहमत हुने, परिणामचाहिँ नस्वीकार्ने ! यस्तो पनि कहीँ हुन्छ रु जितेको मानिसलाई काम गर्न दिनुपर्‍यो, हार्नेले त जित्नेको नेतृत्व स्वीकार गर्नुपर्‍यो नि !’ गुरूङल भन्नुभयो ।

गुरुङले नेपालले आरोप पत्रलाई पार्टीको एजेण्डा बनाउने कुरापछि माधव नेपालको सवै पोल खुलेको आफ्नो निश्कर्ष पनि सुनाउनु भयो  ‘आरोप पत्र पनि कहीँ पार्टीको प्रस्ताव, कार्यसूची हुन्छ ? प्रतिवेदन मान्न सकिन्छ ? मान्नै पर्ने भए दुईजना अध्यक्षको सहमतिमा मान्नुपर्ने होला नि । यसमा माधव नेपालको के मत छ ? उहाँले ओलीको सहमति नभए पनि प्रस्ताव मान्नुपर्छ भनिरहनुभएको छ । यसर्थ नेपालको भन्ने एउटा कुरा, गर्ने अर्को कुरा हो,’ गुरूङले भन्नुभयो ।