जनता टाइम्स

४ पुष २०७७, शनिबार १६:५३

कान्तिमा मानसिक रोगको सेवा छुट्टै भवनबाट हुने


काठमाडौं, पुस ४

कान्ति बाल अस्पताल महाराजगञ्जले बाल मानसिक रोगको सेवा छुट्टै भवनमा सुरु गर्ने भएको छ । बाल श्रमिक सरोकार केन्द्र (सिविन) र नर्भे सरकारको सहयोगमा उक्त भवन निर्माण गरेको हो । अस्पतालका निर्देशक डा. कृष्णप्रसाद पौडेलले कान्तिको ५९ औं बार्षिकोत्सव आउँदो २२ गते परेको हुँदा उक्त दिनमा नै उद्घाटन गर्ने तयारी भएको बताउनुभयो ।

बाल मानसिक रोगको बहिरङ्ग विभागको रुपमा उक्त भवनबाट सेवा दिइने उहाँले सुनाउनुभयो । अस्पतालले पाँच वर्षदेखि बाल मानसिक रोगको सेवा सञ्चालन गरिरहेको छ। बालबालिमा हुने मानसिक समस्या तथा रोगहरुको परामर्श, निदान, परीक्षण र उपचार हुने अस्पतालले जनाएको छ।