जनता टाइम्स

६ पुष २०७७, सोमबार १३:२०

प्रधानमन्त्री ओलीको अपरान्ह विशेष सम्बोधन


काठमाडौं, पुष ६

प्रधानमन्त्री केपी शर्मा ओलीले आज अपरान्ह तीन बजे देशबासीका नाममा सम्बोधन गर्नुहुने भएको छ । नेकपाभित्र घेराबन्दी गरेर काम गर्न नदिएपछि सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघठन गरेपछि उहाले पहिलो पटक सम्बोधन गर्न लाग्नु भएको हो ।

प्रधानमन्त्री ओलीले अपरान्ह ३ बजे देशबासीको नाममा सम्बोधन गर्न लाग्नु भएको उहाका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो । सम्बोधनमा पछिल्लो राजनीतिक अवस्था र निर्वाचनमा जानुपर्ने कारणका विषयमा जनतालाई जानकारी गराउनु हुने बताइएको छ ।