काठमाडौं, पुष ७
नेकपाभित्र विवाद चर्किरहेका बेला दोस्रो वरियताका अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई उपाध्यक्ष बामदेव गौतम र रामबहादुर थापा बादलले निराश बनाएर फर्काइदिएका छन् ।
गुटको भेलमा सहभागी नहुने बताउनु भएका उपाध्यक्ष गौतमलाई फकाउन नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठ उहाकै निवास पुग्नु भएको थियो । भेटमा गौतमले तपाईहरु पार्टी फुटाउने होइने एकतालाई अझ बलियो बनाउनेतर्फ लाग्न सुझाव दिनु भएको थियो । सो समुहले आफ्नो पक्षमा लाग्न र ओलीलाई कारवाही गर्न आग्रह गरेका थिए । नेपाल ओलीलाई अध्यक्षबाट हटाएर आफु बन्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने दाउमा रहेका उनिहरुले नै खुलासा गरिसकेका छन् ।
गौतमलाई फकाउनु अघि प्रचण्ड विहान बादललाई फकाउन मन्त्री क्वाटर पुल्चोक पुग्नु भएको थियो । प्रचण्डको बानीले विगतमा एक पटक उहालाई छाडेर गइसकेका बादलले आज पनि उनलाई निराश बनाएर फर्काईदिनु भएको हो । बादलले पनि प्रचण्डलाई पद खोज्ने भन्दा पनि एकतातर्फ अग्रसर हुन आग्रह गर्नुभएको थियो । यसअघि पनि प्रचण्ड बादललाई फकाउन पुगिसक्नु भएको थियो । ‘युज एण्ड थ्रो’मा माहिर प्रचण्डको कुरामा बादलले विश्वास गर्ने आधार नभएको उहा निकट एक नेताले जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्