जनता टाइम्स

१० पुष २०७७, शुक्रबार १७:३२

प्रचण्ड–नेपाल समुहलाई झट्का : प्रभु शाहसहित ७ मन्त्रीले शपथ लिदै


काठमाडौं, पुष १०

प्रधानमन्त्री केपी शर्मा ‌ओलीले आजै साँझसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नुभएको छ । सरकारले प्रतिनिधिसभा विघटन गरी मध्यावधी निर्वाचनमा जान गरेको निर्णयविरुद्ध सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै असन्तुष्ट पक्षका सात मन्त्रीले राजीनामा दिएपछि रिक्त रहेका पद पूर्तिका लागि मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो ।

स्रोतका अनुसार आजै साँझ मन्त्रीपरिषद्को विस्तार गरी सात बजे शपथको तयारी भएको छ । स्रोतका अनुसार प्रभु शाह मन्त्री बन्ने पक्का भईसकेको छ । उहा तीन दर्जनबढि केन्द्रीय सदस्य लिएर ओली पक्षमा आउनु भएको छ ।

यसैगरी अर्घाखाँचीका प्रभावशाली नेता एंव ओलीलाई विगतदेखी सहयोग गर्दै आउनु भएका टोपबहादुर रायमाझी, मणि थापा, सिन्धुपाल्चोकका दाबा तामाङ, सुदूरपश्चिमका मणिशंकर चौधरी पनि मन्त्री बन्ने निश्चित भएको स्रोतको भनाई छ । यसैबीच, मन्त्रिपरिषद् विस्तार हुने भएपछि आज साँझ ६ बजे बोलाइएको मन्त्रिपरिषद्को बैठक ८ बजेका लागि सारिएको छ ।