जनता टाइम्स

१५ पुष २०७७, बुधबार १०:५१

प्रधानमन्त्री ओलीद्वारा तमु ल्होछारको शुभकामना


काठमाडौं, पुष १५

प्रधानमन्त्री केपी शर्मा ओलीले तमु (गुरूङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होछारको अवसरमा शुभकामना दिनु भएको छ ।

‘तमु समुदायको पर्व तमु ल्होछारका अवसरमा यस समुदायको रीति, परम्परा, संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्दै अघि बढ्न यस पर्वले प्रेरणा दिनेछ भन्ने मेरो विश्वास छ,’ प्रधानमन्त्री ‌ओलीले भन्नु भएको छ ।

प्रधानमन्त्री ओलीले संविधानले धार्मिक स्वतन्त्रता र भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्नुभएको छ । उहाले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने अभियानमा आफू रहेको पनि स्पष्ट पार्नुभएको छ ।