जनता टाइम्स

१८ पुष २०७७, शनिबार १८:०७

सनुसरी–३ मा नेकपा संस्थापनको भेला, ओली नेतृत्वको नेकपामै जनताको साथ रहेको निश्कर्ष


सुनसरी, पुस १८ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको नेकपाको मुलधारमा एकढिक्का रहने अठोटसहित सुनसरीको नेकपा तीन नम्वर क्षेत्रीय भेला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न्न भएको छ ।

उल्लेख्य उपस्थितिमा फरवार्डको हलमा भएको भेलालाई प्रदेश सरकार उद्योग पर्यटन वन तथा वातावरण मन्त्री जगदिश कुसियत, केन्द्रीय सदस्य भगवति चौधरी, रेवती भण्डारी, खेमराज पोखरेल, तैयव हुसेन, मुरारी सुवेदी, लक्ष्मी गौतमले सम्वोधन गर्नुभयो । यसैगरी कार्यक्रममा प्रदेश सांसद लिलम वस्नेत वराहक्षेत्र नगरपालिकाका प्रमुख निलम खनाल, भद्रनारायण चौधरी, जिवछ राय, रुपेश वस्नेत, विनोद गुरुड, अरुण गुरुडलगायतले मन्तब्य ब्यक्त गर्नुभयो ।

नेता रोहित कार्कीको अध्यक्षतामा भएको भेलालाई सम्वोधन गर्ने वक्ताहरुले जनतामा जानु लोकतन्त्रको आधार भएकाले चुनावको तयारीमा लाग्नुपर्नेमा जोड दिएका छन । उनीहरुले सुनसरीका जनता चुनावको पक्षमा रहेको समेत वताए । प्रचण्ड र माधव नेपाल समूह सडक आन्दोलनमा रहदा गाँउगाँउका जनता भने ओली नेतृत्वको नेकपाको मुलधारमा गोलवन्द वन्दै गएको तथ्य पनि वक्ताहरुले राखेका थिए ।