जनता टाइम्स

२२ पुष २०७७, बुधबार १०:००

प्रवासी नेपाली एकता मञ्च कतारले बिस्तार गर्यो कार्यसमिति


कतार, पुस २२ । नेकपाको केन्द्रमा देखिएको फुटको असर प्रवासी मञ्चहरूमा समेत प्रस्ट देखिएको छ । नेकपाको प्रवासमा रहेको भातृसंगठन प्रवासी नेपाली एकता मञ्च कतारमा समेत त्यसको प्रत्यक्ष असर परेको छ । केही समय पहिले मञ्चको विवाद सतहमा आएको थियो । हिजो चानक पोखरेलको अध्यक्षतामा बसेको मञ्चको आठौं कार्यसमिति बैठकले थप ३७ जना नयाँ सदस्यहरु मनोनीत गर्दै ९० जनाको कार्यसमिति बनाएको छ । यो सँगै कतारको समिति प्रवास भरिकै ठूलो कार्य समिति समेत बनेको छ ।

मनोनीत हुनेहरूमा हंसराज ढकाल, भेषराज पराजुली, बिनेश तामाङ, प्रेम नेपाली, गुमान सिंह बि।क, विशाल खतिवडा, गोप सुनार खड्ग नेपाली, खेम सुवेदी, लोक बहादुर राई, नारायण ढुङ्गाना, जित बहादुर सार्की, गोपाल बस्नेत, विवेक ज्ञवाली, प्रेम भट्टराई, खडानन्द बास्कोटा, बिन्दा लामा, बुद्ध गुरुङ, रनप्रसाद छन्त्याल, खिमराज खत्री, सन्जोग गौडेल, हुसेन अलि, करण सिलवाल, तिलक सिलवाल, प्रेम बहादुर भण्डारी, रमेश पौडेल, लोक बहादुर जोगी (सीमान्त), विष्णु पङ्गेनी, सूर्य अर्याल, शिवराम ढकाल, पदमप्रसाद सिंखडा राजु अधिकारी, सुलभचन्द ठकुरी, नवराज शाही, रेशम तामाङ, खेम राना मगर र शिव विक रनुभएको छ ।

केन्द्रको राजनितिक उथलपुथलले सङ्गठनमा रहेका कमरेडहरूले गुटबन्दी गर्दै सङ्गठनलाई आफ्नो हातमा लिने दुष्प्रयास गरेका कारण संगठनको रक्षार्थ बाध्य भएर आफूले कार्यसमिति विस्तार गर्नु परेको पोखरेलले बताउनु भयो । सङ्गठनमा गरेको योगदानको आधारमा मञ्चको कार्यसमितिमा मनोनीत गरिएको बताउँदै पोखरेलले कतारमा रहेका श्रमिकको हक अधिकार र श्रमिकका समस्या समाधानका लागि दत्तचित्त भएर कार्य सम्पादन गर्ने विश्वास लिनुभएको छ ।

मनोनीत पदाधिकारीहरूलाई आउँदो शुक्रबार नेकपा केन्द्रका महासिचव, विष्णु पौडेल, प्रवास समन्वय समितिका इन्चार्ज राजन भट्टराई तथा बिन्दा पान्डेको समुपस्थितीमा पद तथा गोपनीयताको शपथ ग्रहण गराउने कार्यक्रम रहेको जानकारी सचिव प्रभात त्रिपाठीले दिएका छन् ।