काठमाडाै, २ जेठ । खगराज भट्ट पुनः सुदूरपश्चिम प्रदेश माओवादी संसदीय दलको नेता बन्नुभएको छ ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्ष नन्दकिशोर पुन पासाङ, महासचिव देव गुरुङ समेतको उपस्थितिमा मानबहादुर धामीलाई संसदीय दलको नेताबाट हटाएर भट्टलाई संसदीय दलको नेता बनाइएको हो । यस अघि बहुमतबाट खगराज भट्टलाई हटाएर मानबहादुर धामीलाई दलको नेता बनाइएको थियो । बिहीबार डडेल्धुरा पुग्नु भएका प्रचण्डले संसदीय दलको नेता परिवर्तन गर्नुभएको हो ।
माओवादी अध्यक्ष प्रचण्डले यस अघि पनि संसदीय दलको नेता परिवर्तन गर्न लिखित तथा मौखिक निर्देशन दिनुभएको थियो । तर त्यो कार्यान्वयन हुन सकेको थिएन । त्यसैले प्रचण्ड आफैँ उपस्थित भएर संसदीय दलको नेता परिवर्तन गराउनुभएको हो ।
प्रतिक्रिया दिनुहोस्