काठमाडौं, फागुन ६
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई नेकपाको एक समुह पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल पक्षबाट राष्ट्रपतिको अफर गयो । नयाँ बानेश्वरमा भएको तीन नेताको भेटमा यो प्रस्ताव आएपछि पौडेल प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध खरो रुपमा उत्रिए ।
प्रतिनिधिसभा विघटनपछि उनि यति धेरै क्रान्तिकारी बनेकी मै हुँ भन्ने क्रान्तिकारीलाई समेत मात खुवाए । उनलाई पछाडीबाट बोलेर साथ दिईरहेका थिए अर्का सेलिबे्रटी नेता गगन थापाले । दुवै जनाले आफ्नो समुहका नेता भेला पारेर प्रधानमन्त्री ओली विरुद्ध सडकमा उत्रिए । केन्द्रीय समितिमा सडक आन्दोलनमा जानुपर्छ भनेर खुबै लविङ गरे । तर, सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने काम गर्नु हुदैन भनेर पटक पटक रोके ।
रामचन्द्र र गगन थापा भने संसद पुनःस्थापना नै मुख्य माग कांग्रेसको हुनुपर्ने बाहिरी योजनाअनुसार पार्टी भित्र लागिरहे । पौडेल संसद पुनःस्थापना भए आफु राष्ट्रपति बन्ने भित्रि लालचामा थिए । गगनको भने पार्टीभित्रको समिकरण र केही शक्तिको खेलमा संलग्न भएको कांग्रेसकै नेताहरुको दावी छ ।
तर, शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आन्दोलनको च्याप्टर क्लोज गरिदिएको छ । निर्वाचन नहुँदासम्म महाधिवेशन केन्द्रीत हुने निर्णय गरेको छ । भदौ ७ देखि १० गतेसम्म १४ औं महाधिवेशन गर्ने निर्णय सर्वसम्मत रुपले गरेको छ । कांग्रेसले अब कुनै आन्दोलनको कार्यक्रम घोषणा गरेको छैन । महाधिवेशनमा सम्पूर्ण ध्यान केन्द्रीत गर्नुपर्ने भएकोले अब आन्दोलन भन्दा आन्तरिक तयारी मै पार्टी व्यस्त हुन्छ’, देउवा निकट एक केन्द्रीय सदस्यले भने ।













प्रतिक्रिया दिनुहोस्