काठमाडौं, फागुन २६
नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले गुटको भेला गर्न लाग्नुभएको छ । अहिले बानेश्वरको अर्याल होटलमा बोलाएको गुट भेलामा नेपाल पक्षको केन्द्रीय सदस्यहरू उपस्थित हुने बताइएको छ । अपरान्ह ४ बजे आफ्नो समूहका केन्द्रीय सदस्यहरूलाई बानेश्वरको अर्याल होटलमा बोलाएको केन्द्रीय सदस्य हरिबहादुर राईले पुष्टि गर्नुभयो ।
अब कसरी प्रस्तुत हुने भन्ने सन्दर्भमा छलफल गर्न केन्द्रीय सदस्यहरूको अनौपचारिक बैठक बस्न लागेको बताइएको छ । अध्यक्ष केपी शर्मा ओलीले चाँडै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गर्नुभएको छ । एमाले पुनःस्थापित भएपछि अध्यक्ष ओलीले नेपाल, झलनाथ खनाललगायतका नेताहरूसँग भेट्नुभएको छैन ।













प्रतिक्रिया दिनुहोस्