दमक, चैत १२
आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापा, शिवसताक्षी नगरपालिकामा आज बिहान एक जनाको मृत्यु भएको छ । शिवसताक्षी–१ धरमपुरको ढकाल चोकस्थित भित्री सडकखण्डमा मे १० प ३५६९ नं को मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको हो । दुर्घटनामा टाउकामा चोट लागेर गम्भीर घाइते हुुनुभएका उहाँको उपचारका क्रममा आज बिहान मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्