काठमाडौं, चैत्र १५
लामो समयदेखि काठमाडौँ उपत्यकावासीले प्रतीक्षा गरेको मेलम्चीको पानी आजदेखि उपभोक्ताको घरघरमा पुग्दै छ । गत फागुन २२ गते सुन्दरीजलको प्रशोधन केन्द्रमा हालिएको पानी शुक्रबारदेखि विभिन्न स्थानमा बनाइएका वितरण केन्द्रमा पठाइएको थियो । तिनै वितरण केन्द्रमा सङ्कलन गरिएको पानी आइतबार दिउँसोदेखि उपभोक्ताको घरमा पठाइने भएको हो ।
आज विहान ८ बजे नै सुन्दरीजलबाट छाडिने तयारी भए पनि त्यो क्षेत्रमा विद्युत आपूर्ति नभएका कारण केहि समय धकेलिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ । ‘हामीले विहान ८ बजेदेखि नै पानी छोड्न लागेका थियौं । सुन्दरीजल क्षेत्रमा हिजो रातिदखि नै विजुली छैन । प्राधिकरणले विहानसम्म आउँछ भनेको छ,’ निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले भन्नुभयो, ‘११ बजेपछि सुन्दरीजलबाट पानी पठाउन सुरु गछौं, सर्वसाधारणको धारामा २ बजेपछि पानी आउन थाल्नेछ ।’
आइतबार खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी वितरण सुरु गरिने मेलम्ची खानेपानी उप आयोजना–२ निर्देशनालयले जनाएको छ ।













प्रतिक्रिया दिनुहोस्