दाङ, चैत्र २० । मापदण्ड विपरित सञ्चालनमा रहेका दाङका दस वटा क्रसर उद्योग बन्द भएपनि स्थानिय प्रहरी प्रशासनकै मिलेमतो र सेटिङमा खुलाइएको रहस्य सार्वजनिक भएको छ । दाङमा नया प्रमुख जिल्ला अधिकारी आए लगत्तै बन्द भएका क्रसरमा मेसिन जडान गरेर सन्चालनम ल्याइएको हो । दाङका तत्कालीन प्रमुख जिल्ला अधिकारी जय नारायण आचार्य नेतृत्वको एसपि गणेश चन्दसहितको अनुगमन टोलीले आफै बन्द गराएको अबैध क्रसर उद्योग नयाँ प्रमुख जिल्ला अधिकारी आए लगत्तै आर्थिक चलखेल गरेर बन्द भएका क्रसर सन्चालनका लागि झिकीएका मेसिनहरु जडान गरिएको छ । क्रसर बन्द गरेपछि करिब ५ महिनामै आचार्यको गृहमन्त्रालयमा सरुवा भएको थियो । कपिलबस्तुबाट दाङमा प्रमुख जिल्ला अधिकारीकोरुपमा दिर्घ नारायण पौडेल आएको केहि दिन नबित्दै होलिको मौका छोपेर स्थानीय प्रहरी प्रशासनले आफै अनुगमन गरेर झिकेर फालेका मेसिनहरु जडान गरिएको छ । पौडेलको जागिरको अबधि ५ महिना मात्रै छ । प्रजिअ पौडेल, दाङक प्रहरी प्रमुख एसपि गणेश चन्द, रास्ट्रिय अनुसन्धान प्रहरीका एसपिको मिलेमतो र सेटिङमा बन्द क्रसरका मेसिन जडान गरेर पुन सन्चालनमा ल्याइएको खुलासा भएको हो । लुम्बिनी प्रदेशका डिआइजी रबिन्द्र धानुकले जिल्ला प्रशासनले बन्द गरेका क्रसर कुनै हालतमा खोल्न नहुने भन्दै तत्काल बन्द गर्न जिल्ला प्रहरी प्रमुखलाई निर्देशन दिने बताउनुभयो । उहाँले कानुन बिपरितका क्रसर बन्द गर्न मातहतका सबै प्रहरीलाई लिखितरुपमै पत्राचार गर्ने बताउनुभयो । बन्द भएका अबैध क्रसर खुलाउन एसपि चन्दको मिलेमतो देखीए तत्कालै तान्ने चेतावनी समेत दिनुभएको छ । तत्कालिन दाङका प्रजिअ आचार्यले कानुन बिपरितका क्रसर बन्द गराएको भन्दै आफ्नो सरुवा भए लगत्तै बन्द क्रसर खोल्नु कानुन बिपरितको काम भएको बताउनुभयो । तुलसीपुर क्षेत्रमा सञ्चालित गणेश बालुवा वासिङ उद्योग, के एण्ड एस बालुवा प्रशोधन वासिङ उद्योग, स्वर्गद्वारी स्क्रिन प्लान्ट प्रा।लि।, जनविश्वास बालुवा वासिङ उद्योग, मंगलम् बालुवा प्रशोधन उद्योगलाई स्थानीय प्रशासनले बन्द गराएको अहिले खुलेको हो ।
त्यस्तै लमही क्षेत्रको पाण्डवेश्वर बालुवा वासिङ उद्योग, बगारवावा बालुवा प्रशोधन उद्योग, सतवरिया क्षेत्रमा रहेको जय बागेश्वरी बालुवा प्रशोधन उद्योग, गढवामा क्षेत्रमा रहेको दाङ एग्रिगेट बालुवा वासिङ उद्योग र पूर्णागिरी एग्रिगेट बालुवा वासिङ उद्योग बन्द गरिएकोमा पुरै खुलेको छ ।
‘बालुवा वासिङको अनुमति लिएर क्रसिङ गर्दै आएका दश वटा क्रसर उद्योग स्थानिय प्रहरी प्रशासनले आफै बन्द गरेर फेरि प्रशासनकै मिलेमतोमा खोलेर अबैध क्रशर ब्यबसायिले कानुनमाथी ठाडो चुनौती दिएका छन् । ’
यद्यपी उनीहरूले अनुमति लिए अनुसारको बालुवा वासिङको काम भने गरिरहेपनि अहिले प्रशासन खुकुलो हुनासाथ आर्थिक चलखेल गरेर क्रसिङको काम थालेका छन । ‘अनुमति एउटा तर, काम अर्कै गरेको हुँदा क्रसिङको काम बन्द गर्नु परेको हो,’ तत्कालिन प्रजिअ आचार्यले भन्नुभयो । बालुवा वासिङको अनुमति लिएर क्रसिङको काम गर्दै आएका ती उद्योग सञ्चालकले आफैं मेसनरी सामान व्यवस्थापन गरेर क्रसिङ बन्द गरेका थिए ।
दाङमा १२ वटा क्रसर उद्योग दर्ता भए पनि जम्मा १० वटा सञ्चालनमा रहेको स्थानीय प्रशासनले अनुगमन पछि जानकारी दिएको थियो ।जिल्लामा कुल ३२ वटा बालुवा प्रशोधन उद्योग दर्ता छन्। तर, त्यसमध्ये ६ वटा बन्द अवस्थामा छन्। जिल्लामा हाल सञ्चालित कुल २६ वटा मध्ये १० वटाले मापदण्ड विपरित क्रसिङको काम गरेको हुँदा बन्द भएका थिए । गृह मन्त्रालयले कात्तिक २५ गते देशभरका जिल्ला प्रशासनलाई पत्राचार गदै क्रसर र बालुवा प्रशोधन उद्योगको अनगुमन गर्न निर्देशन दिएको थियो । सोही अनुरूप दाङमा तत्कालीन प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यसहितको टोलीले हप्ता दिन लगाएर जिल्लाका क्रसर उद्योगको अनुगमन पछि मापदण्ड विपरित सञ्चालनमा रहेका १० उद्योग बन्द गर्न १५ दिनको समयसिमा तोकेर बन्द गराएको थियो।













प्रतिक्रिया दिनुहोस्