जनता टाइम्स

५ बैशाख २०७८, आईतवार ०९:२९

एमालेप्रति युवाको आकर्षण : कांग्रेस, माओवादी र राप्रपाका ५६ युवा एमालेमा प्रवेश


काठमाडौँ, ५ बैशाख । काठमाडौँको चन्द्रागिरीमा एमालेप्रति युवाको आकर्षण देखिएको छ । शनिबार चन्द्रागिरीमा भएको एक कार्यक्रममा कांग्रेस, माओवादी र राप्रपाका ५६ युवा एमालेमा प्रवेश गरेका छन ।

एमालेको चन्द्रागिरी नगर कमिटीले गरेको नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा कांग्रेस, माओवादी र राप्रपाका युवाहरू पार्टी परित्याग गरेका एमालेमा प्रवेश गरेको चन्द्रागिरीका एमाले नेता श्रीहरि थापाले जानकारी दिनुभयो ।

पार्टी प्रवेश गर्ने युवाहरुले देशको विकास गर्ने र परिर्वतनको पक्षमा भएको नेकपा एमाले मुलुकलाई समृद्धि तर्फ अगाडी बढाउन सक्ने एक मात्र आश लाग्लो पाटी देखेकोले आफुहरुमा एमालेमा आएको बताए ।

कार्यक्रममा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री कृष्ण गोपाल श्रेष्ठ र काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले एमाले प्रवेश गरेका युवालाइ खादा लगाएर स्वागत गर्नुभयो ।