काठमाडौं, बैशाख ९
नेपाल शीर्ष स्थानमा रहदै घरेलु भूमिमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको फाइनलमा प्रवेश गरेको छ ।त्रिकोणात्मक टि–२० सिरिज अन्तरगत आज भएको खेलमा नेपालले मलेसियालाई ६९ रनले पराजित गरेको छ । नेपालका लागि ब्याट्सम्यानहरुले उत्कृष्ट प्रदर्शन गरे ।




नेपालले पहिलो ब्याटिङ गर्दै मलेसियालाई २ सय १८ रनको चुनौति पेश गरेको थियो । जवाफी ब्याटिङमा उत्रेको मलेसियाले सबै विकेट गुमाएर १४८ रन मात्रै जोड्न सक्यो । टियु क्रिकेट मैदानमा बिहीबार भएको अन्तिम लिग खेलमा मलेसियालाई ६९ रनले पराजित गर्दै नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्