दोलखा, २४ जेठ। दोलखाको गौरीशंकर गाउँपालिका–४ झ्याँकुमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
शुक्रबार राति बा १६ च ७६५१ नम्बरको जिप दुर्घटना हुँदा उनीहरूको ज्यान गएको हो ।
जिल्ला प्रहरी कार्यालय दोलखाका अनुसार दुर्घटनामा परी सोही वडाकी फूलमाया शेर्पाको घटनास्थलमा नै ज्यान गएका थियो । दुर्घटनामा गम्भीर घाइते भएकी ३२ वर्षीय डोल्मा शेर्पालाई उपचारको लागि जिल्ला सदरमुकाम चरिकोट ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सामान्य घाइते छिरी शेर्पालाई उपचारको लागि सिंगटी लगिएको छ ।
प्रतिक्रिया दिनुहोस्