जनता टाइम्स

८ आश्विन २०८३, बिहीबार १४:०६

देउवा पक्षले क–कस्लाई तोक्यो महाधिवेशन गर्न जिल्ला संयोजक ? (सूचीसहित)


काठमाडौं, असोज ८ । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समुहले १५ औं महाधिवेशन गर्न जिल्ला संयोजक तोकेको छ ।

पूर्वमहामन्त्री डा. शशांक कोइराला संयोजक रहनुभएको १५ औं महाधिवेशन तयारी समितिले संस्थापनलाई काउन्टर दिँदै समानान्तर अधिवेशन गर्न जिल्ला संयोजकहरू तोकेको हो।

असोज १५ गते वडा अधिवेशन गरी विभिन्न तहगत अधिवेशन गरेर मंसिर २१ देखि २३ गतेसम्म १५ औं महाधिवेशन गर्ने तयारीमा देउवा पक्ष रहेको छ।

१५ औं महाधिवेशन तयारी समिति सचिवालय समन्वय समितिका संयोजक दीपकप्रसाद कुईकेलले अहिले धमाधम जिल्ला संयोजक तोक्ने काम भइरहेको छ।

को कहाँ तोकिए ?

कोशी प्रदेश

पाँचथर- डेकेन्द्रकुमार तामाङ

झापा- कृष्ण हुमागाईं

संखुवासभा- रामकुमार जिसी

भोजपु-र धर्मराज राई

मोरङ- सुभास पौडेल

खोटाङ- रोजन राई

ओखलढुंगा- वालगोविन्द राजभण्डारी

उदयपुर- बसन्त बस्नेत।

ताप्लेजुङ, इलाम, तेह्रथुम, धनकुटा, सुनसरी र सोलुखुम्बुमा संयोजक तोक्न बाँकी छ।

मधेस प्रदेशका ८ वटै जिल्लामा संयोजक तोक्न बाँकी छ।

बागमती प्रदेश-

दोलखा- ताराकुमार खड्का

रामेछाप- जितबहादुर मगर

रसुवा- उपेन्द्र लम्साल

धादिङ- गोपाल विक

नुवाकोट- श्रीराम श्रेष्ठ

सिन्धुपाल्चोक- लालकाजी तामाङ

चितवन- मिलन श्रेष्ठ

मकवानपुर- भीम लामा

भक्तपुर- दुर्लभ थापा

ललितपुर- सुदर्शन घिमिरे

काठमाडौं- जयकृष्ण महर्जन।

सिन्धुली र काभ्रेमा संयोजक तोक्न बाँकी छ।

गण्डकी प्रदेश-

गोरखा- भूगोल थापा

लमजुङ- रामकृष्ण कँडेल

कास्की- ऋषिराम काफ्ले

मनाङ- नाचोड गुरुङ

पर्वत- रामकृष्ण मल्ल

म्याग्दी- हिराबहादुर पुन मगर

बागलुङ- सागर छन्त्याल

नवलपुर- अशोक बस्ताकोटी।

तनहुँ, मुस्ताङ र स्याङ्जामा संयोजक तोक्न बाँकी छ।

लुम्बिनी प्रदेश-

नवलपरासी- विकास घिमिरे

रूपन्देही- गुनाखर भुर्तेल

कपिलवस्तु- अब्दुल मन्नान खाँ

पाल्पा- माधव नेपाल

अर्घाखाँची- लक्ष्मण पाण्डे

गुल्मी- वेदबहादुर थापा

रोल्पा- मानबहादुर खत्री

प्यूठान- ईश्वरीसिंह विष्ट

दाङ- गोपालराज शर्मा

बाँके- कृष्ण कार्की

बर्दिया- जगतप्रसाद पाण्डे।

सुदूरपश्चिम प्रदेश-

बाजुरा- धनराज पण्डित

बझाङ- हर्क जङ्गबहादुर सिंह,

डोटी- नरेन्द्रबहादुर सिंह

दार्चुला- सुरेन्द्र अवस्थी

बैतडीमा- वीरबहादुर विष्ट

डडेल्धुरा- डिल्लीराज जोशी

कञ्चनपुर- पदम बोगटी

कैलाली- खेमबहादुर डगौरा थारु।

अछाममा संयोजक तोक्न बाँकी छ।

कर्णाली प्रदेश-

डोल्पा- देउप्रसाद बुढा

जुम्ला- हेम बुढा थापा

मुगु- कर्ण रावल

हुम्ला- सूर्यबहादुर शाही

कालिकोट- मातृका सिंह

जाजरकोट- राजजंग शाह

दैलेख- मीनबहादुर विश्वकर्मा (मिलन)

सुर्खेत- ललित भट्टराई।

रुकुम पश्चिम-तोक्न बाँकी
सल्यानमा-तोक्न बाँकी