काठमाडौं, असोज ६ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले राष्ट्रलाई एकजुट बनाउँदै विकासको गतिलाई तीव्रता दिने जिम्मेवारी नेकपा एमालेको काँधमा आइपरेको बताउनुभएको छ।
उहाँले मुलुकको वर्तमान आवश्यकता विभाजित नभई सशक्त र एकजुट एमाले रहेको उल्लेख गर्नुभएको छ। बदलिँदो भूराजनीतिक परिस्थितिलाई गम्भीरतापूर्वक मनन गर्दै वर्तमान विश्व परिवेश तथा नेपालको भौगोलिक अवस्थासापेक्ष नीति निर्माण गरेर अघि बढ्नुपर्ने उहाँको भनाइ छ।
मुख्यमन्त्री थापा मगरले देशलाई सही दिशामा अघि बढाउने दायित्व र अभिभारा पनि एमालेकै काँधमा रहेको बताउनुभयो। उहाँले राष्ट्रिय एकता कायम गर्दै मुलुकको विकास र समृद्धिका लागि पार्टीलाई थप सशक्त, संगठित र एकताबद्ध बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो।
उहाँका अनुसार वर्तमान विश्व परिवेश र नेपालको भूराजनीतिक अवस्थालाई ध्यानमा राखेर समयसापेक्ष नीति तथा कार्यक्रम निर्माण गर्नु आवश्यक छ। त्यसका लागि पार्टीभित्रको एकता र सुदृढ संगठन अपरिहार्य रहेको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, ‘ राष्ट्रलाई एकजुट बनाउँदै विकासको गति दिने जिम्मेवारी नेकपा एमालेको काँधमा आइपरेको छ त्यसैले विग्रहीत एमाले होइन सशक्त र एकजुट एमाले आजको आवश्यकता हो, बदलिँदो भूराजनीतिक अवस्थालाई मनन गर्दै वर्तमान विश्व तथा हाम्रो भूगोल सापेक्षतामा नीति निर्माण गरेर अगाडी बढ्ने र देशलाई अगाडी बढाउने दायित्व र अभिभारा पनि हाम्रै हो।’












प्रतिक्रिया दिनुहोस्