काठमाडौं, बैशाख २७ । एमाले नेता बामदेव गौतमको एकता अभियान प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदच्यूत गर्ने र नेकपा एमाले बिभाजनकै लागि रहेको तथ्य बाहिर आएको छ । गौतमले आफ्नो सचिवालयमार्फत आज सार्वजनिक गर्नुभएको अभिब्यक्तिले यस्तो तथ्य बाहिर ल्याएको हो ।
तात्कालिन नेकपाको समयमा गौतमकै कारण बिभाजनसम्म पुगेको आरोप लागेपनि उहाँ एकता अभियानको नाममा आफूलाई उभ्याउनु भएको थियो । प्रचण्ड र माधव नेपालले बामदेवकै कारण पार्टी बिभाजनसम्म पुगेको बताइरहँदा पनि गौतम एकता अभियानको नाममा आफू अध्यक्ष र प्रधानमन्त्री बन्न सकिन्छ कि भनेर जनतालाई झुक्कयाइ रहनुभएको थियो । तर आजको भनाईले बामदेव बिभाजन र बिग्रहकै पक्षमा रहेको प्रष्ट पारेको हो । नेता गौतमले माधवकुमार नेपाललाई तत्काल पार्टी बिभाजन गर्न सुझाव दिँदै विभाजन गरेर जाने अवस्थामा आफू पनि साथ रहने बताउनु भएको हो । पार्टीमा समानान्तर गतिविधि गर्ने र कमिटी बनाउनेजस्ता काममा भने आफ्नो सहमति नहुने उहाँको भनाइ छ ।
‘वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल लगायतका नेता कमरेडहरुले नेकपा एमालेमै भएर समानान्तर गतिविधि गर्ने, कमिटी बनाउनेजस्ता काममा मेरो सहमति छैन,’ गौतमको भनाई छ, ‘यदि उहाँहरुले चाहे संसदको ४० प्रतिशतसहित वा त्यो बाहेकको अवस्थामा पनि पार्टी विभाजन गरेर जानुहुन्छ भने म त्यो पार्टीमा सामेल हुनेछु ।’













प्रतिक्रिया दिनुहोस्