काठमाडौं, जेठ ३
नेपालमा चीनबाट थप ९७५ अक्सिजन सिलिन्डर र १७५ वटा अक्सिजन कन्सन्ट्रेटर आइपुगेको छ । कोरोना भाइरस (कोभिड–१९) को दोस्रो भेरियन्ट तिव्र रूपमा फैलिएसँगै उपत्यकासहित देशका विभिन्न अस्पतालहरुमा अक्सिजन अभाव भएपछि चीन सरकारले २० हजार थान अक्सिजन सिलिन्डर उपलव्ध गराएको हो ।
नेपाल वायुसेवा निगमको वाइडबडी विमानले हिजो र आज चीनको राजधानी बेइजिङबाट सो परिमाणमा अक्सिजन सम्वन्धी सामग्री काठमाडौं ल्याएको हो । गत शनिबार सो विमानले ओमानबाट ५६० वटा अक्सिजन सिलिन्डर ल्याएको थियो । बाँकी परिमाणको सामग्री तातोपानी नाकामा आइसकेको र अब स्थलमार्ग हुँदै सबै सामान ल्याउने भएको बताइएको छ ।
निगमका महाप्रवन्धक डिमप्रकाश पौडेलले हिजो र आज गरी क्रमश ४०० र ५७५ वटा अक्सिजन सिलिन्डर र १३० र २७ वटा अक्सिजन कन्सन्ट्रेटर काठमाडौं ल्याएको बताउनुभयो । उहाँले वाइडवडी विमान आज राती पुनः बेइजिङ जाने र भोलि आउने, फेरी भोलि राती जाने पर्सी आउने र त्यसपछि अन्यत्र स्वास्थ्य सामग्री लिन जाने जानकारी दिनुभयो ।













प्रतिक्रिया दिनुहोस्