जनता टाइम्स

४ जेष्ठ २०७८, मंगलवार १७:५१

आज ८२०३ मा संक्रमण पुष्टि, ६८९१ जना डिस्चार्ज


काठमाडौं, जेठ ४

देशभर थप ८ हजार २०३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज २० हजार २८६ पीसीआर र ६९३ जनाको एन्टीजेन परीक्षण गर्दा ८ हजार २०३ जनामा पोजेटिभ देखिएको हो । यसैगरी पछिल्लो २४ घण्टामा ६ हजार ८९१ हजार जना संक्रमणमुक्त भएका छन् भने १९६ संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो समय नेपालमा संक्रमितको मृत्युदर बढेको छ । नेपालमा संक्रमितको मृत्युदर अहिले १.५ प्रतिशत रहेको छ । नेपालमा अहिले १ लाख १४ हजार ५२९ जना सक्रिय संक्रमित छन् ।

नेपालमा कोरोना संक्रमितको संख्या ४ लाख ७६ हजार २१ पुगेको छ । जसमध्ये ३ लाख ५२ हजार ४१४ जना निको भएका छन् भने ५ हजार ४११ जनाको मृत्यु भएको छ । देशभर ७५२ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।