जनता टाइम्स

१४ जेष्ठ २०७८, शुक्रबार ०९:४१

प्रधानमन्त्रीले आज दमक क्याम्पसको भवन शिलान्यास गर्नुहुने


काठमाडौं, जेठ १४ ।  प्रधानमन्त्री केपी शर्मा ओलीले दमक बहुमुखी क्याम्पस भवनको शिलान्यास गर्दै हुनुहुन्छ ।क्याम्पस प्रमुख नेत्र बुढाथोकीका अनुसार दिउसो ११ बजे भर्चुअल माध्यमबाट व्याशायीक प्रयोजन सहितका चार वटा व्लकहरु शिलान्यास गर्न लाग्नुभएको हो । सबै ब्लकहरु भूकम्प प्रतिरोधी बन्नेछन् ।हरेक भवन अण्डर ग्राउण्ड पार्किङ सहित पाँच तलाका हुनेछन् । जसमा एकतला सटर र एउटा भवनमा छ वटा कक्षा कोठा हुनेछन् । ‘जम्मा २४ वटा कक्षा कोठा र १४ वटा सटर सहितका भवन बन्नेछन्’ बुढाथोकीले भन्नुभयो ‘भवनको कुल लागत करिब १० करोड रुपैंया छ ।’ भवन बनाउने बजेट संघीय सरकारले विनियोजन गरेको र दमक नगरपालिका मार्फत निर्माण हुन लागेको हो । दमक प्रधानमन्त्री ओलीको गृह नगर हो ।