काठमाडौं, जेठ १५
कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको खोप अभियान अन्तर्गत धुलिखेल नगरपालिकामा हालसम्म कोभिडसिल्ड र भेरोसेल खोप गरी ६ हजार ९५९ जनाले लगाएका छन् । ४ हजार ४ सय ५९ जनालाई पालिका मार्फत र धुलिखेल अस्पताल मार्फत २ हजार ५ सयलाई पहिलो चरणको खोप लगाइएको नगरप्रमुख अशोक कुमार व्याञ्जु श्रेष्ठले बताउनुभयो ।
नगरपालिका प्रमुख ब्याञ्जु श्रेष्ठले भन्नुभयो,‘हालसम्म ६ हजार ९५९ जनालाई पहिलो डोज लगायौं ।दोस्रो डोज पनि ४ हजार ८३० जनालाई लगाइसकेका छौं । अब तत्काल क्याटागोरी छुट्याउँदै बाँकी रहेकाहरु ५ हजारलाई खोप लगाउने योजनामा छौं । र बाँकी जनताहरुलाई आउँदा दिनमा छिटो भन्दा छिटो खोप लगाउने तयारी गरिरहेका छौं ।’
नगरप्रमुख व्याञ्जुका अनुसार आफ्नो पालिकाले कोभिडसिल्ड र भेरोसेल खोपको दोश्रो डोज २ हजार ३००, जिल्लाबाट ३०० र अस्पतालले २ हजार २०० जनालाई खोप लगाइसकिएको छ । उहाँले अबको केही दिनमै बाँकी रहेकाहरुलाई नगरपालिकाले दोश्रो चरणको खोप दिइने जानकारी दिनुभयो । उहाँले प्राथमिकतामा आधारमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, संचारकर्मी, जनप्रतिनिधिलगायतलाई चरणबद्ध रुपमा लगाउँदै गएको पनि सुनाउनुभयो ।
नगरबासीको स्वास्थ्यलाई पहिलो प्राथामिकतामा राखेर काम गरिरहेको पनि प्रमुख ब्याञ्जुको भनाइ छ। उहाँले आफू नगरबासीको सेवाका लागि निरन्तर खटिरहेको पनि जानकारी दिनुभयो । त्यस्तै उहाँले भाइरस संक्रमणको पहिलो लहरमा पालिकाले उदाहरणीय तरिकाले शून्यतामा झारेको भन्दै दोश्रो लहरसँग पनि डटेर लडिरहेको बताउनुभयो ।
उहाँले थप्नुभयो,‘आवश्यक्ता अनुसार निषेधाज्ञा, सील गर्ने लगायतका कामहरु गरिरहेका छौं, दोश्रो लहरका लागि डटेर लागेका छौं । हालससम्म अक्सिजनसहितको आइसोलेसन सेवा, धुलिखेल अस्पतालको व्यवस्थापनको कामलगायत कोभिडको दोश्रो लहरले धेरै प्रभाव नपार्ने गरी काम गरिरहेका छौं ।’













प्रतिक्रिया दिनुहोस्