दोलखा, असार ५ । शुक्रबार साँझदेखि थुनिएको नदी खुलाउन चीनियाँ टोली परिचालन भएको छ । पहिरोले थुनिएको तामाकोशी नदीको सहायक खोला रोङ्सी खोलाको बहाव सुचारु गर्न चीनियाँ टोली परिचालन भएको हो ।
शुक्रबार रातिदेखि चीनको तिङ्ग्री काउन्टी नजिकै पहिरो गएपछि रोङ्सी खोला थुनिएको छ । पहिरोले खोला थुनिएपछि ताल बनेका कारण सो पानी एकैपटक फुटेर तामाकोशीमा मिसिदा तटीय क्षेत्रमा बाढीको त्रास छ । शनिबार बिहानदेखि चीनियाँ पक्षले खोला खुलाउन पहल गरिरहेको जिल्ला प्रशासन कार्यालय दोलखाले जनाएको छ ।
नेपालतिरबाट खोला थुनिएको ठाउँमा जान सम्भव नभएकाले चीनको टोली परिचालन गरिएको हो । कुनै पनि बेला थुनिएको खोला फुट्ने खतरा भएका कारण माथिल्लो तामाकोशी जलवद्यिुत आयोजनाको ड्यामबाट पानी छाडिएको छ । अहिले पनि तामाकोशी तटीय क्षेत्रका दोलखा र रामेछापका बस्तिहरुमा सतर्कता अपनाउन स्थानीय प्रशासनले सूचित गरेको छ । रोङ्सी खोला थुनिएको सूचनापछि शुक्रवार साँझदेखि तामाकोशी तटीय क्षेत्रका बासिन्दाहरु त्रासमा रहेका छन ।













प्रतिक्रिया दिनुहोस्